Page 2

यी स्थानमा परिरहेको छ पानी, कमजोर हुँदै प्रणाली

काठमाडौं । देशका केही स्थानमा बुधबार (वैशाख १६) बिहान ६ः५० मा पानी परिरहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ूहाल वागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ,ू विभागले सूचना जारी गर्दै भनेको छ ।
उक्त प्रणाली कमजोर हुँदै गइरहेको विभागको भनाइ छ ।

बीपी राजमार्गमा सवारी आवागमन बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
ूप्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको भारी वर्षाले बीपी राजमार्गको विभिन्न सडकखण्डमा क्षति पुगेकोले सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ,ू कार्यालयले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ ।
प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ । यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

विश्वकप लिग–२ ः नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराइसकेको छ । आज पनि ओमानविरुद्धको खेलमा जितको यात्रा कायम राख्ने प्रयास नेपाल रहेको छ ।
लिग–२ मा नेपालले २१ खेलमा १४ अंक बनाएको छ । ओमान भने २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई

काठमाडौं । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह सचिव निर्मल ढकाललाई दिएको छ।
मन्त्रालयको निर्णयअनुसार ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।
उनी यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।
ढकालले विभागभित्रको अनुभव र कार्यसम्पादनका आधारमा नेतृत्वको जिम्मेवारी पाएको जनाईएको छ।

बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत ः काँग्रेस

काठमाडौं । अध्यादेश ल्याउने सरकारको निर्णयको काँग्रेसले विरोध गरेको छ । सरकारको यो कदम शक्ति केन्द्रीयकरणतर्फको खतरनाक संकेत भएको काँग्रेसको भनाइ छ ।
मंगलबार कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी सरकराले संसद्प्रति अविश्वास जनाएको उल्लेख गरेका छन्।
‘यस प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको छ र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको छ,’ कांग्रेसले भनेको छ, ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ।’
सरकाले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माण गर्ने कदमलाई कांग्रेसले व्यवस्थापिकाको अधिकारमाथिको अतिक्रमण भनेको छ।
‘यस प्रकारको अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाको दृष्टिले अत्यन्त आपत्तिजनक छ। यो केवल प्रक्रियागत त्रुटि नभई व्यवस्थापिकाको विधायी अधिकारमाथि कार्यपालिकाको स्पष्ट अतिक्रमण हो,’ विज्ञप्तिमा भनिएको छ। यसले निर्णय प्रक्रियालाई सीमित व्यक्तिहरूमा केन्द्रीत गरी चेक एन्ड ब्यालेन्स प्रणालीलाई कमजोर बनाउने, विपक्षी सहभागिताविना एकतर्फी नियुक्तिको सम्भावना बढाउने तथा संवैधानिक निकायहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतामाथि प्रतिकूल प्रभाव पार्ने देखिने काँग्रेसले उल्लेख गरेको छ ।

पहुँचका भरमा सुविधा लिइरहेका ६२२ वटा सवारीसाधन फिर्ता ल्याइयो

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिइसकेको छ।
प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए तापनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीहरूले समेत व्यापक रूपमा चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको तथ्य फेला परेको थियो।
अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो। प्राप्त तथ्याङ्कका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाख १० गते सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारी साधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेका सबै सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा कानुन विपरीत प्रयोग भइरहेका सवारी साधनहरू फिर्ता गरिएको हो।
अब आगामी दिनमा कानुनले तोकेबाहेकका कुनै पनि कर्मचारी वा पदाधिकारीले सरकारी सवारी साधनको एकल प्रयोग गर्न पाउने छैनन्। तर, काम विशेष वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सरकारी सवारी साधन प्रयोग गर्न पाउने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कानुन विपरीत सरकारी सवारी साधन प्रयोग गर्दा सरकारलाई कति आर्थिक भार परेको रहेछ भन्नेबारे पनि विस्तृत अध्ययन भइरहेको छ। सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै इन्धन, मर्मत सम्भार र सुविधाका नाममा भइरहेको व्ययभार कम गर्न यो कदम चालेको हो।

प्रोफेसनल होल्डिङ्सले ५० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने

काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड) को २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
२८ चैतमा सम्पन्न सभाले कम्पनीको आ.व. २०८१, ८२ का लागि सञ्चालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१, ८२ वार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको वालसात र सोही मितिमा समाप्त आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु) पारित गरेको हो । सभाले आ.व. २०८२, ०८३ मा कम्पनीको लेखा परीक्षण गर्नका लागि एनबीएसएम एन्ड एसोसिएट्स चार्टर्ड अकाउन्टेन्ट फर्मलाई लेखा परीक्षकमा नियुिक्त गरी निजको पारिश्रमिक निधारण गरेको छ ।
सभाले सेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको जारी पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ । साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्नेगरी अनुदान प्रदान गर्ने लगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरू समेत सभाद्वारा परित भएको छ ।
यसै अवसरमा कम्पनीको सहायक कम्पनी युनिग्लोब हाईयर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडले पनि आ.व. २०८१, ८२ का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।
अध्यक्ष श्रेष्ठलाई आज सीआईबीले पक्राउ गरेको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

नबिल बैंकको नाफा ३४ प्रतिशतले बढ्यो, ९ महिनामै कमायो ६ अर्ब ७६ करोड रूपैयाँ

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८२, ८३ को तेस्रो त्रैमाससम्ममा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा गरेको बैंकले नाफा ३३.९१ प्रतिशतको बढाएको हो ।
नबिल बैंकले नोक्सानी व्यवस्थामा भारी कटौति र खराब कर्जा घटाउँदै आफ्नो व्यावसायिक दक्षतामा सुधार गरेको देखिन्छ । आधार दर र स्प्रेड रेट खुम्चिए पनि कर्जा र निक्षेप विस्तारको ठूलो आकारले बैंकको लाभांश क्षमतालाई बलियो बनाएको छ भने वित्तीय स्वास्थ्य थप सुरक्षित र सुदृढ देखिएको छ ।
यस अवधिमा खुद ब्याज आम्दानी ४० करोड ५० लाख रुपैयाँले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने खुद फि एन्ड कमिसन १६ करोड रुपैयाँले बढेर २ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यसैगरी बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोडबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
बैंकले ९ महिनाको अवधिमा व्यवसाय विस्तारमा आक्रामक देखिन्छ । असार मसान्तसम्म ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म कर्जा बढाएर ४ खर्ब ४७ अर्ब ९४ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै निक्षेप संकलन ५ खर्ब २४ अर्ब ६२ करोडबाट बढेर ५ खर्ब ७८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
कर्जा विस्तारसँगै अधिक तरलता र प्रतिस्पर्धाका कारण बैंकको स्प्रेड दर गत आवको ३.५७ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा झरेको छ । यसैगरी आधार दर ५.९७ प्रतिशतबाट घटेर ४.६५ प्रतिशत कायम भएको छ ।
नबिल बैंकको नाफामा वृद्धि हुनुको मुख्य कारण नोक्सानी व्यवस्थामा आएको भारी गिरावट हो । गत आवको चैतसम्म २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ रहेको नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) चालु आवको सोही अवधिमा घटेर ४७ करोड ८७ लाख रुपैयाँमा झरेको छ । बैंकको निष्क्रिय कर्जाको अनुपातमा जोखिम व्यवस्था कति बलियो छ भन्ने सूचक ‘टोटल लोन लस प्रोभिजन टु टोटल लोन’ हेर्दा १०८.२० प्रतिशत पुगेको छ, जसको अर्थ बैंकसँग खराब कर्जाभन्दा बढी प्रोभिजनिङ रकम सुरक्षित छ । बैंकले आफ्नो गैर बैंकिङ सम्पत्तिलाई पनि घटाएर ३ अर्ब ८५ करोड रुपैयाँमा झार्न सफल भएको छ ।
यस अवधिमा निष्क्रिय कर्जा गत वर्षको ४.९६ प्रतिशतबाट घटेर ४.३७ प्रतिशतमा र खुद निष्क्रिय कर्जा १.५९ प्रतिशतबाट घटेर ०.९८ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्ततातर्फ पुँजी पर्याप्तता अनुपात १२.५१ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.६९ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७९.५० प्रतिशत रहेको छ, जसले बैंकमा थप कर्जा लगानी गर्ने पर्याप्त तरलता रहेको देखाउँछ ।
यसैगरी ईपीएस बढेर ३३.०२ रुपैयाँ (गत आव २५.०५ रुपैयाँ) पुगेको छ । आरओई १३.६६ प्रतिशत पीई रेसियो १६.०५ गुणा र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ रहेको छ ।
५ अर्बको अग्राधिकार सेयरको लाभांश र अन्य नियामकीय समायोजनपछि बैंकको ९ महिनाको वितरणयोग्य नाफा ३ अर्ब ९० करोड २ लाख रुपैयाँ कायम भएको छ । गत आवसम्मको सञ्चित नाफासमेत जोड्दा कुल रिटेन्ड अर्निङ ४ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँको आधारमा बैंकको वार्षिकिकृत लाभांश क्षमता २१.१६ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ६५ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य प्रगति गरेको छ।
बैंकको खुद नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको हो । जब कि अघिल्लो वर्ष यही अवधिमा १ अर्ब १० करोड २६ लाख रुपैयाँ मात्रै थियो।
बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशत र सञ्चालन मुनाफा १६.६४ प्रतिशतले बढेको देखिन्छ।
यसैबीच, कर्जा नोक्सानी बापत छुट्याइने प्रोभिजन घटेर ६७ करोड ३७ लाख रुपैयाँमा झरेको छ । जसले नाफा बढाउन सहयोग गरेको छ। चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसाले बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा कायम भएको छ। मूल्य–आम्दानी अनुपात १३.७७ गुणा रहेको छ।
कारोबार विस्तारतर्फ, बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। यी दुवै सूचक अघिल्लो वर्षको तुलनामा बढेका छन् । जसले बैंकको व्यवसाय विस्तार १२.५६ प्रतिशतले बढेको देखाउँछ।

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...