Page 4

यूनाइटेड अजोड इन्स्योरेन्सद्वारा ४.५१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४.५१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०८१÷०८२ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको सीईओ नारायणकुमार भट्टराईले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।

बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुन्छः अर्थमन्त्री

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो ।
उक्त प्रस्तावमाथिको सामान्य छलफलमा सांसदहरुले उठाउनु भएका विषयलाई स्पष्ट पार्दै अर्थमन्त्री डा वाग्लेले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने आस्वस्त पारे । उनले भने, “राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउनु पर्दैन ।”
वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको उल्लेख गर्दै उनले सोचविचार गरेर दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको जनाए । अर्थमन्त्री डा वाग्लेले आफूहरु सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका हिमायती भएको उल्लेख गर्दै यो बजेट सक्नेले नसक्नेलाई दिने सिद्धान्तमा आधारित भएको उल्लेख गरे ।
“क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकारले हिम्मत गरेको छ” उनले भने । अर्थमन्त्री डा वाग्लेले विद्युत् क्षेत्रलाई बजारीकरण र आधुनिकिरण हुने गरी आवश्यक व्यवस्था गरिएको बताए । सुशासनका लागि सरकार निर्मम तरिकाले अघि बढेको उनको भनाइ थियो ।
अर्थतन्त्रलाई जति औपचारिक बनायो अर्थतन्त्रको सुधार त्यति छिटो हुने उनको धारणा थियो । गरिब र अल्पसङ्ख्यकका नाममा यस अघिका सरकारले ल्याएका लोककल्याणकारी कार्यक्रममा कुनै बजेट कटौती नभएको उनले स्पष्ट पारे ।
उक्त प्रस्तावमाथि सांसदहरु खुश्बु ओली, गणेश पराजुली, पुष्पराज कँडेल, गणेशबहादुर विश्वकर्मा, हर्कराज राई, गङ्गालक्ष्मी अवाल, इन्दिरा रानामगर, कृष्णहरि बुढाथोकी, गुरुप्रसाद बरालले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिई आफ्ना धारणा व्यक्त गरेका थिए ।

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’ बाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाण्डौको होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको अठारौं संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डिगो एपमार्फत सहभागी रहनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ । यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौँ ।’
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डिगो एपमार्फत सहभागी रहनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ । यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौँ ।’

आज हिमाली र पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू भाग, लुम्बिनी प्रदेशको हिमाली भू भाग साथै कोशी प्रदेशका तराई भू भागमा साधरणतया बादल लाग्नेछ ।
यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भू भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भू भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा हुनुका साथै कतिपय स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।
अन्य हिमाली र पहाडी भू भाग साथै कोशी प्रदेशको तराईमा आंशिक बादल तथा अन्य तराई भू भागमा मौसम मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो ।
जसअनुसार ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागि थिए । परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।

फिफा विश्वकप २०२६– दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश

काठमाण्डौं । जारी फिफा विश्वकप २०२६मा सहआयोजक मेक्सिकोले सानदार जित निकालेको छ ।
ग्वाडालजारा स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो।
यो जित सँगै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ ।
मेक्सिकोको जितमा लुइस रोमोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
त्यसपछि रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि प्रयाप्त भयो ।
मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ ।

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा बैठक आज (सोमबार) बस्ने भएको छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८३, ०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ ।
आजको बैठमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३, ०८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

विश्वकप फुटबल ः स्वीडेनद्वारा ट्युनिसिया ५–१ ले पराजित

काठमाण्डौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।
मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा निकै रोचक प्रतिस्पर्धामा ट्युनिसियाविरुद्ध स्वीडेनले ५–१ को फराकिलो जित हात पारेको हो।
खेलको ९०औँ मिनेटपछि स्वीडेनका यासिन अयारीले पाँचौँ गोल गरे। खेलको ८४औँ मिनेटमा स्वीडेनकै खेलाडीहरू म्याटियास स्वानबर्ग, ५९औँ मिनेटमा भिक्टर ग्योकेरेस, ३०औँ मिनेटमा अलेक्जेन्डर इसाक र सातौं मिनेटमा २२ वर्षीय ब्राइटन मिडफिल्डर यासिन अयारीले १–१ गोल गरे।
यस्तै, ४३ औं मिनेटमा ट्युनिसियाका लागि उमर रेकिक एक गोल गरेका थिए।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट

काठमाडौं । अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार) मा शान्ति सम्झौता हुने मिति तय भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट आएको छ ।
मध्यपूर्वमा लामो समयपछि शान्ति हुने आशा बढेसँगै यसको प्रत्यक्ष प्रभाव कच्चा तेलको मूल्यमा परेको हो ।
विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य करिब ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलर पुगेको छ । अमेरिकी क्रूड तेल ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डरलमा रहेको छ । यो गत मार्च ४ यताकै सबैभन्दा न्यून मूल्य हो ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...