उपसभामुखको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको जनाईएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको धारणा बुझ्न खोजेको जनाईएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ ।
सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले मंगलबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।
रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा तानिएकि छन ।

LEAVE A REPLY