शेयर बजारमा २७ अंकको गिरावट, २०७ कम्पनीको मूल्य ऋणात्मक

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २७ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.३९ अंकले घट्दै २६६३.३२ विन्दुमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ३७.१३ अंकले बढ्दै २६९०.७२ अंकको विन्दुमा अडिएको थियो ।
त्यसो त आज नेप्से सूचक घट्दैगर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेका अनुसार आज कूल ४ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा किनबेच भएको छ । ​जबकी अघिल्लो दिन ३७ अंकमाथिले सूचक बढेको बजारमा ६ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज २०७ कम्पनीको सेयर मूल्य ऋणात्मक हुन पुगेको छ भने जम्मा ३५ वटा कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जानकारी दिएको छ । दुईवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ ।

LEAVE A REPLY