आज एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जाँदै

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीसहितका नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।
यसैगरी, एमाले टोलीमा केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतका नेताहरु छन् ।
टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

LEAVE A REPLY