शेयर बजारमा १५.८३ अंकको सुधार, कारोबार रकम सवा ६ अर्ब

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएपछि कारोबार रकम भने सवा ६ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.८३ अंकले बढेको हो । ०.५९ प्रतिशतले बजार बढ्दा नेप्से २६८३.२४ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि उत्पादनमूलक र म्युचुअल फण्ड क्रमशः ०.२३ र ०.३२ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २.२७ प्रतिशतले बढेको हो ।
आज ३०९ कम्पनीका १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७.८४ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बेस्ट फाइनान्स, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.९१, ९.९१, ९.८५, ९.७८ र ९.६९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै ङादी ग्रुप पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरकै उच्च कारोबार भएको छ । उक्त कम्पीको ५४ करोड ७ लाख ५० हजार ६ सय ७८.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १३.०३ अंकले बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ ह्जार २ सय ५०.७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY