कुमारी बैंक र भिजन कार्ट प्रालिबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाडौंस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम रू. ४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिईन्छ ।
साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशतसम्म छुट, सनग्लासमा १० प्रतिशतसम्म छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिईनेछ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY