रवि लामिछानेलाई सिमरा पुर्‍याइयो

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिमरा पुर्‍याइएको छ । उनलाई वीरगञ्ज लैजाने क्रममा पोखराबाट काठमाडौं ल्याएर फेरि सिमरा लगिएको हो ।
रविलाई ४ः१३ बजे सिमरा पुर्याइएको थियो । रविलाई पुर्‍याउनु अगावै विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो ।
सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको हो । यसै प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट वीरगञ्ज लगिसकिएको छ ।
रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

LEAVE A REPLY