आइएमई पेले ल्यायो ‘लोड, पे, विन’ अफर, बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘लोड, पे, विन’ नामक योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
मंसिर २० गतेदेखि पुस २० गतेसम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १००० रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधी भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट लोड टु वालेट कनेक्ट आइपीएस, ईरएम बैंकिङ, भिसा कार्ड र एजेन्ट्समार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् । यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा १००० रुपैयाँ आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ । बम्पर विजेताहरुले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।

LEAVE A REPLY