शुक्रबार एनएमबि बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।
डेटा सेन्टर अपडेटसम्बन्धी कार्यका लागि बैंकको सेवा शुक्रबार (मंसिर २८) राति साढे १० बजेदेखि शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुने बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंकबाट जारी गरिएका कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस तथा कल सेन्टर सेवा प्रभावित हुनेछन् ।

 

LEAVE A REPLY