शेयर बजारमा ४५.८८ अंकको उछाल, पाँच अर्ब बढीको कारोबार

काठमाडौं । निरन्तर ओरालो झरिरहेको शेयर बजारमा आज भने उच्च अंकको सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.८८ अंकले अंकले बढेको हो । १.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७१५.७१ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि म्युचुअल फण्ड भने ०.३४ प्रतिशतले घटेको हो । अरु बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ समूह ३.४३ प्रतिशतले बढेको छ ।
आज ३०८ कम्पनीका १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५०.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी ङादी पावरका लगानीकर्ताहरुले ९.९७ प्रतिशतले नाफा कमाउँदा खानीखोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड १५ लाख २ हजार ४ सय ४३.६० रुपियाँ बराबरको कारोबार भएको महासंघले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९.५५ रुपियाँ, सोमबार १२.८४ अंकले बजार घट्दा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२.०९ रुपियाँ र हिजो मंगलबार ६.३२ अंकले बजार तल झर्दा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९०.८१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

LEAVE A REPLY