काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरकेो कम्पनी सचिव नवराज खड्काले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अर्थमन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।