शेयर बजारमा २८.९१ अंकको सुधार, कारोबार रकम भने खुम्चियो

काठमाडौं । शेयर बजार बढेर पुनः २६ सय अंकमा उक्लिए पनि आज कारोबार रकम भने खुम्चिन पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.९१ अंकले बढेको हो । १.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६१२.२० अंकमा उक्लिएको छ ।
शेयर बजार बढेसँगै आज म्युचुअल फण्डबाहेक बाँकी अरु समूहमा हरियाली छाएको छ । म्युचुअल फण्ड भने ४.२१ प्रतिशतले घटेको हो ।
आज ३२८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३.३३ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार उचालिएसँगै विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९३ र ९.८६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८४ लाख ६६ हजार ३ सय ३५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १३.५३ अंकले बजार घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७।१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY