काठमाडौं । संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दाको सुनुवाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा हेर्दाहेर्दैमा रहेको हो ।
आज वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले रिट निवेदकको तर्फबाट बहस गरेका थिए।














