काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खडकाको भनाइको खण्डन गरेका छन् ।
मन्त्री खडकाले आज राष्ट्रियसभा बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएसँगै अब लोडसेडिङ रोक्न नसकिने ठोकुवा गरेका थिए । खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने उनको भनाइ थियो ।
तर कार्यकारी निर्देशक घिसिङले मन्त्रीको ठोकुवा खारेज गर्दै लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने दाबी गरेका हुन्। राति पूरै पावरप्लान्टहरु चल्ने र दिउँसो भारतबाट आयत भइरहेकोले लोडसेडिङ नहुने उनले स्पष्ट पारेका हुन् ।
एक हजार मेगावाट बढीका आयोजना राति पूर्ण क्षमतामा चल्ने भएकाले पनि लोडसेडिङ हुने अवस्था नरहेको घिसिङको भनाइ छ ।