काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४( अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५,२१८ ( अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभाशं (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु. ६,१८,५८,८३२ ( अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु.५,०१,४९,२४,०५६ (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) पुर्याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी आ.व. ०८१.०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । यसैगरीे कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म।न.पा. १०, नयाँ बानेश्वरबाट परिवर्तन गरि का.जि.का.म।न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसूचकहरुमा निरन्तर वृद्धि गरी आएको जनाए । आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालीन व्यवसाय मार्पmत जीवन बीमाक्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।