काठमाडौं । विन नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने समय अझै २ दिन बाँकी रहँदा नै साढे १४ लाखको आवेदन परिसकेको छ ।
आज साँझ ५ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जनाले १ करोड ७३ लाख ५ सय ५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
चैत २१ गतेदेखि निष्काशन खुला भएको एफपीओमा चैत्र २६ गते मंगलबार कार्यालय समयसम्म आवेदन दिन पाइने छ ।
उक्त कम्पनीले ५१ लाख २९ हजार २ सय रुपियाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता एफपीओ निष्काशन गरेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
सो कम्पनीको शेयर ५ हजार १ सय २९ जनाले मात्रै १०–१० कित्ताका दरले पाउने छन् ।