काठमाडौं । शिक्षा ऐन जारीको माग राख्दै केही दिनयता आन्दोलनरत शिक्षक र सरकारबीच आज वार्ता हुने भएको छ ।
सरकार र नेपाल शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे वार्ता हुने तय भएको हो । शिक्षकहरूले काठमाडौंमा आज पनि आन्दोलन जारी नै राखेका छन् ।
यसैक्रममा तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।