बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले ५०५२ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले भने २६२१ मत मात्र प्राप्त गरे।
त्यस्तै महासचिवमा पनि गठबन्धनका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले ४८७४ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले २३६७ मत ल्याएका थिए।
अन्य पदहरूमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारहरूले भारी मतान्तरसहित जित निकालेका छन्।
प्रदेशगत उपाध्यक्ष पदहरूमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा तथा महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भएका छन्।

LEAVE A REPLY