बीमालेख नविकरण नगरेका बीमितलाई नेपाल लाइफको अफर, बिलम्ब शुल्कमा ५० प्रतिशत छुट

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले समयमै बीमालेख नविकरण नगर्दा लाग्ने जरिवाना अर्थात् बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने अफर ल्याएको छ ।
कम्पनीले हालै एक सूचना जारी गर्दै बिलम्ब शुल्कमा छुट दिने जनाएको हो । आगामी जेठ १३ गतेसम्म यो सुविधा जारी हुनेछ ।
बीमालेख नविकरण गर्ने मिति १८० दिन कटेको अवस्थामा यो सुविधा पाइने कम्पनीको भनाइ छ । अर्थात्, नविकरण नभई बीमालेख निष्क्रीय (व्यतित) भएको १८० दिन पुुरा भइसकेको हुनुपर्नेछ । तर, यसमा बिभिन्न शर्त पनि तोकिएको छ ।
कम्पनीकाअनुसार त्यस्तो पोलिसी एक बर्षसम्म सरेन्डर गर्न पाइने छैन । सरेन्डर गरेको अवस्थामा अहिले छुट भएको रकम ‘सरेन्डर भ्यालु’बाट कट्टी गरिनेछ ।
‘यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण (नविकरण) को मितिदेखि १ बर्ष भित्र समर्पण (सरेन्डर) भएमा प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ,’ नेपाल लाइफको सूचनामा उल्लेख छ ।
एक पटक बिलम्क शुल्कमा छुट लिइसकेको बीमितहरुलाई पुरा बीमा अवधीभर पुनः छुट सुविधा नदिने पनि सुचनामा उल्लेख छ । यसैगरि बीमलेख व्यतित भएको १८० दिन भन्दा बढी समय हुनुपर्ने कम्पनीको भनाइ छ ।
बिभिन्न परिस्थीतिका कारण कतिपय बीमितले बीमा अवधी बाँकी हुदाँ हुँदै पनि बीमालेख नविकरण नगरि बस्छन् । कम्पनी र अभिकर्ताबाट ताकेता नहुदाँ पनि त्यस्तो समस्या बढेको छ । बीमितहरु त्यस्तो बीमालेख बन्द अर्थात् सरेन्डर गर्न पनि आउदैनन् । स्वतस्फूर्त रुपमा बीमालेख नविकरण गर्न पनि आउदैनन् । ढिलो गरि बीमालेख नविकरण गर्दा जरिवाना समेत लाग्ने गर्छ । जरिवाना लाग्ने गरेका कारण पनि बीमितहरु व्यतित बीमालेख नविकरण गर्न नआएको देखिन्छ । यी यस्ता परिस्थीतिलाई दृष्टिगत गर्दै बीमितलाई व्यतित् बीमालेख नविकरणका लागि प्रोत्साहन छुटको नीति ल्याएको कम्पनीको भनाइ छ ।

LEAVE A REPLY