सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।
शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।
‘आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षामन्त्रालय सचिवालयका एक सदस्यले भने ।
वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी भएको थियो भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी भएका थियो ।
शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले बिहीबार माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर प्रदर्शन गरेका थिए ।
मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

LEAVE A REPLY