वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न कांग्रेसको निर्देशन

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण टुंग्याउने समय १५ दिन थप गरेको छ । चैत मसान्तभित्रै गरिसक्न पटकपटक निर्देशन दिए पनि नभएपछि कांग्रेसले पुनः वैशाख १५ गतेसम्मको सीमा दिएको हो ।
महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई पत्र लेख्दै नवीकरण शुल्कसहितको सदस्यता टुंग्याउन निर्देशन दिएका हुन् ।
थापाले ‘नवीकरण गरेको भौचरसहित २०८२ वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन निर्देश गरिन्छ’ भनेर पत्र पठाएका छन् ।
१५ औं महाधिवेशनको प्रारम्भिक कामका रूपमा सदस्यता नवीकरण गर्नुपर्ने हुन्छ । तर, ७७ वटामध्ये केही जिल्लाबाहेक धेरैले सदस्यताको विषय टुंग्याउन सकेका छैनन् । त्यसैले कांग्रेसले पटकपटक निर्देशन दिँदै आएको हो ।
कांग्रेसमा चुनावअघि २०८३ मा १५ औं महाधिवेशन गर्न दबाब छ ।

LEAVE A REPLY