काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूसँग छलफल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान उनीहरुले आन्दोलनरत शिक्षकका अगुवाहरूसँग समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।
शिक्षकहरूको मागको बारेमा पहलकदमी लिनेगरी छलफल भएको जनाइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।