काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । नेप्से तल ओर्लिए पनि कारोबार रकम भने पौन ९ अर्ब बढी रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.७५ अंकले घटेको हो । ०.२८ प्रतिशतले बजार घट्दा नेप्से २६९८.२८ अंकमा ओर्लियो ।
समग्रमा बजार घटे पनि बैंकिङ, फाइनान्स, जीवन बमिा, निर्जीवन बीमा र अन्य समूह घटे भने अरु बाँकी समूह हरियाली भए । बैंक वित्तीय संस्थाको तेस्रो त्रैमासको रिपोर्ट केही नकारात्मक देखिए पछि त्यसैको असर शेयर बजारमा पनि परेको आंकलन गरिएको छ ।
आज ३१९ कम्पनीका २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३.६४ रुपियाँ बराबरको कारोबार भयो ।
नेपाल माइक्रो, क्रेस्ट माइक्रो इन्स्योरेन्स, यूनिभर्सल पावर र ग्रीनलाइफ हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, , ९.८८ र ९.८० प्रतिशतले नााफा कमाए ।
त्यस्तै गुडविल फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७५ प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ५३ करोड ९९ लाख १८ हजार १ सय ७४.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १६.२१ अंकले बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५.२९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।