काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज साढे ७ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.३८ अंकले घटेको हो । १.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५५.९४ अंकमा ओर्लिएको छ ।
बजार उच्च अंकले घटे पनि म्युचुअल फण्ड भने ०.२१ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३०८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६.७६ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज राधी विद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५८ करोड ४२ लाख १४ हजार ३ सय ८७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १६.२१ अंकले बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५.२९ रुपियाँ, सोमबार ७.७५ अंकले बजार घट्दा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३.६४ रुपियाँ र हिजो मंगलबार ९.९६ अंकले बजार घट्दा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १ सय ८८.८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।