काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८१ चैत २८ गतेदेखि २०८२ बैशाख २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार बिहान बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको आईपीओ बिहीबार बिहान ८ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
सो कम्पनीको आईपीओका लागि १९ लाख ३६ हजार ५३ जनाको आवेदन परेको छ । कूल २ करोड २७ लाख ४२ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्काशन गरिएको हो । उक्त शेयर १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।