काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य रह्यो । आज पौने ११ अर्ब बढीको शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.९८ अंकले बढेको छ । ०.२२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६४.०१ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा र अन्य समूह राताम्मे भएका छन् । बाँकी अरु समूह मात्रै हरियाली भए ।
आज ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४.३५ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै आज वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ८६ करोड १७ लाख ३८ हजार ९ सय ३३.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।