शेयर बजारमा ६२.२५ अंकको उछाल, साढे १० अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । कारोबार रकम पनि साढे १० अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.२५ अंकले बढेको हो । २.३८ प्रतिशतले बजार बढ्दा नेप्से २६७३.६९ अंकमा पुगेको छ ।
बजार उच्च अंकले बढेसँगै सबै समूहमा हरियाली छाएको छ । आज फाइनान्स समूह सबैभन्दा बढी ५.४७ प्रतिशतले बढेको छ ।
आज ३०८ कम्पनीका २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२.६४ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ, बुटवल पावर, ओम मेगाश्री फर्मास्यूटिकल्स र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९ र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै ङादी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सानिमा माई हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड २० लाख ९६ हजार ८ सय २६।४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार शेयर बजार ३.४४ अंकले घट्दा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार ३ सय १५.९९ रुपियाँ, सोमबार ९.६२ अंकले बजार घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६ सय ९३.७३ रुपियाँ र हिजो बु्धबार ४.२६ अंकले बजार बढ्दा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६.३५ रुपियाँ बराबरको कारोबार भइको थियो ।

LEAVE A REPLY