स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयर लघुवित्तकै कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता ४२५ रूपियाँ तोकिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित लघुवित्तको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता र सोको मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खदिर आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

LEAVE A REPLY