सरकार पनि लचिलो भए सदन खुल्ने प्रचण्डको धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षसँग भाषामा सहमति भए संसद चल्ने जनाएका छन् ।
आज संसद भवन परिसरमा काँग्रेससँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसका लागि सरकार पनि लचिलो हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
‘प्रतिपक्षी पनि लचिलो बन्नुपर्छ। सरकार पनि लचिलो बन्नुपर्छ। भाषामा समझदारी भए सदन चल्छ,’ उनले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आइरहेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेका छन् । तर सरकार गृहमन्त्रीले पनि राजीनामा नदिने र समिति पनि नबन्ने अडानमा छ ।

LEAVE A REPLY