संवैधानिक निकायका नियुक्ति विवादमा सर्वोच्चले असार १८ गते निर्णय सुनाउने

काठमाण्डौंं । विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीहरूको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले असार १८ गते निर्णय सुनाउने भएको छ ।
बुधबार पेशी तोकिए पनि न्यायाधीशहरूको छलफल नसकिएकाले निर्णय सुनाउन अर्को मिति तोकिएको सर्वोच्चले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सम्बन्धी विषय सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन छ ।

 

LEAVE A REPLY