कांग्रेस र एमालेले बिचौलियाका लागि काम गर्ने प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अन्य पार्टीहरूभन्दा फरक रहेको जनाएका छन् ।
मुस्ताङमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले जनताको हितका लागि मात्रै काम गर्ने जनाए ।
‘माओवादी अरूजस्तो पार्टी होइन । हामी जनताको हितका लागि काम गर्छौं । तर कांग्रेस र एमालेले बिचौलिया र दलालका लागि काम गरिरहेको उनको आरोप छ ,’
माओवादी नेता तथा कार्यकर्तालाई जनतामा पुग्न, जनताको आत्मसम्मान जोगाउन र समस्या समाधानमा सक्रिय भूमिका खेल्न प्रचण्डले निर्देशन समेत दिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले मुस्ताङलाई नमुना जिल्लाको रूपमा विकास गर्ने स्पष्ट योजना माओवादीसँग रहेको जनाए ।
‘हामीले मुस्ताङको वस्तुगत अवस्था बुझ्न स्थलमार्ग हुँदै गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरेका छौँ । जनताका समस्या बुझेका छौँ । अब समाधानमा इमानदारीपूर्वक लाग्न आवश्यक छ,’ उनले भने ।

 

LEAVE A REPLY