काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले मेडिसिटि हस्पिटलमा उपचारसेवा लिदा १० प्रतिशत छुट पाउने भएका छन् । राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार लाभग्राहीले हस्पिटलमा हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत समेत प्राप्त गर्न सक्नेछन्। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्ने जनाइएको छ।
यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीले जनाएको छ ।