सरकारी ऋण २६ खर्ब ५६ अर्ब पुग्यो

काठमाडौं । भुक्तानी दिन बाँकी कूल सार्वजनिक ऋणको आकार २६ खर्ब ५६ अर्ब रुपियाँ पुगेको छ । २०८१ असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपियाँ भूक्तानी बाँकी रहेको सार्वजनिक ऋण आर्थिक वर्षको ११ महिनामा थप २ खर्ब २० अर्ब ५८ करोड रुपियाँले बढेको हो ।
जेठ मसान्तसम्म कूल भूक्तानी बक्यौता सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कूल ऋणमध्ये आन्तरिक ऋणतर्फ १२ खर्ब ७२ अर्ब ५३ करोड भूक्तानी दायित्व रहेको छ भने बाह्यतर्फ १३ खर्ब ८२ अर्ब १२ करोड रुपियाँको दायित्व रहेको कार्यालयले जनाएको छ । यो कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४३.४७ प्रतिशत बराबरको हिस्सा हो ।
जेठ मसान्तसम्मा सरकारले आन्तरिक र बाह्यबाट कुल ४ खर्ब १४ अर्ब १९ करोड ऋण उठाइएको छ । चालु आर्थिक वर्षको कुल ऋण उठाउने वार्षिक लक्ष्य ५ खर्ब ४७ अर्ब राखिएकोमध्ये ७५.७२ प्रतिशत ऋण उठेको छ ।

LEAVE A REPLY