बैंकको निक्षेप ७० खर्ब नाघ्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा बढ्दो तरलता (लगानी योग्य पुँजी) व्यवस्थापनको सकस थप गहिरिएको छ । निक्षेप निरन्तर बढ्ने तर कर्जा लगानीको माग नहुँने हुँदा बैंकहरु समस्यामा परेका छन् ।
यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणका माध्येममार्फत निरन्तर तरलता प्रशोचन गर्नु परेको छ । यसैको निरन्तरता केन्द्रीय बैंकले बुधबार थप ९० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अधिकतम ३५ दिनका लागि ९० अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागेको जनाएको हो । यो निकै लामो अवधिको तरलाता प्रशोचन हो । यसअघि केन्द्रीय बैंकले ७ दिनदेखि अधिकतम २१ दिनसम्मका लागि तरलता प्रशोचन गर्ने गरेको थियो । यसले पनि बजारमा तरलता व्यवस्थापन कति चुनौतीपूर्ण बनिरहेको छ प्रस्ट हुन्छ ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो पटक बैंकहरुको निक्षेप बढेर ७० खर्ब नाघेको छ । तर यता कर्जा लगानी भने जम्मा ५५ खर्ब ६८ अर्ब रुपियाँ हाराहारी मात्र हुन सकेको छ । समीक्षा अवधिमा नम्मा ७८.४० प्रतिशत कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ८ खर्बमाथिको लगानीयोग्य तरलता रहेको बुझिएको छ ।

LEAVE A REPLY