सिटिजन्स बैंकद्वारा अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखि निरन्तर रुपमा सेवा भावले संचालनमा रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ ।
ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ । यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारी शक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुहरूको लागि विश्राम तथा आवासको व्यवस्था सहित सुविधा सम्पन्न धर्मशाला संचालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाभावमा समर्पित ट्रस्टलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको जनाए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जानकारी दिएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको हो ।

 

LEAVE A REPLY