ब्याजदर थप घटाउने गभर्नरको सन्देश

काठमाडौं । ब्याजदर घटेर पुँजी पलायन हुने चिन्ता व्यक्त भइरहँदा गभर्नर डा. विश्वनाथ पौडेलले भने ब्याजदर थप घट्ने नीतिगत व्यवस्था गरेका छन् ।
गभर्नर पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको जस्तै भारित औसत अन्तरबैंक दर नीतिगत दरको नजिक रहेनगरी मौद्रिक लक्ष्य कायम गरेका छन् ।
यस्तै उनले ब्याजदरलाई निर्देशित गर्ने ब्याजदर करिडोरका सबै दरहरुलाई घटाउँदै ब्याजदर थप घटउने सन्देश दिएका छन् । उनले मुद्रास्फीति ५ प्रतिशत हुने अनुमान गर्दा नीतिगद दर घटाएर साढे ४ प्रतिशत कायम गरेका छन् । हाल ५ प्रतिशत रहेको नीतिगत दर ०.५ प्रतिशत बिनदुले घटाएर ४.५ प्रतिशत बनाएका छन् ।
यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन दर३ प्रतिशतकाट घटाएर २.७५ प्रतिशत बनाएक छन् । यसले बजारमा थप ब्याजदर घटाउने सन्देश दिएको छ ।
अहिले नै कर्जाको भारित औसत ब्याजदर ऐतिहाँसिक रुपमा घटेर ७.९९ प्रतिशत र निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशतमा घटीसकेको अवस्था छ । ब्याजदर थप घट्ने मौद्रिक नीतिको सन्देशले पूाजी पलायन हुने आशंकलाई थप बल पुर्याएको छ । यस्तै गभर्नर विश्वनाथ पौडेलको वास्तविक ब्याजदर धनात्मक राख्ने घोषणामा समेत चुनौति ल्याउन सक्छ ।
नेपालको विगतदेखिकै ट्रेन्ड हेर्दा विगतदेखिकै औसत मुद्रास्फीति ५ प्रतिशतभन्दा माथि छ । पछिल्लो केही महिना मुद्रास्फीति घटे पनि नेपालको ट्रेन्ड्रले भने त्यसलाई सहयोग गर्दैन ।

LEAVE A REPLY