काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा राखेको हो ।
संस्थापक शेयरधनीहरुले शेयर बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त शेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
यसर्थ संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ ।उक्त आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी पेश गर्नु पर्नेछ ।