काठमाण्डौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।
प्रचण्डले सोमबार प्रतिनिधिसभामा सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले फ्लडलाइट र प्यारापिट कीर्तिपुर क्रिकेट मैदानमा गएर हेर्न भनेका हुन् ।
प्रचण्डले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाईघ प्रश्न गरेका थिए ।
फेसबुकमा जवाफ दिदैं प्रधानमन्त्री ओलीले भने ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’
यस्तै उनले आफू प्रधानमन्त्री हुँदा दाहालले कुनै पनि टाइमलाइन नतोकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ ओलीले भनेका छन् ।