उत्कृष्ट चलचित्र ‘साम्बाला’, उत्कृष्ट अभिनेता विजय बराल

काठमाडौं । विजय बराल उत्कृष्ट अभिनेता घोषित भएका छन् । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत बरालले ‘पूर्णबहादुरको सारंगी’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड उपसना सिंह ठकुरीले ‘खुश्मा’बाट पाएकी छन् । उत्कृष्ट निर्देशकको अवार्ड मीन भामले पाएका छन् । उनको चलचित्र ‘साम्बाला’ उत्कृष्ट चलचित्र घोषित भएको छ ।
उत्कृष्ठ लेखनतर्फको अवार्ड दीपकराज गिरीले ‘छक्का पञ्जा–५’बाट पाएका छन् ।
छायांकनतर्फको अवार्ड ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानले पाउँदा सम्पादनको अवार्ड भरत रेग्मीले ‘पूजार सार्की’बाट पाएका छन् ।
जुरी अवार्ड प्रदीप खड्काले ‘पूजार सार्की’बाट हात पारेका छन् । दीर्घ साधना सम्मान निर्देशक लक्ष्मीनाथ शर्माले पाएका छन् ।

LEAVE A REPLY