काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा दस अर्ब रुपियाँ प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समिति, बीमा गर्ने बीमित, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, शेयरधनी, नियामक निकायसहित सबैलाई धन्यवाद दिएका छन् ।
नेपाल लाइफले आफूहरुले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको जनाउँदै आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको जनाएको छ ।
कम्पनीले प्रविधिमैत्री प्रणालीहरूको अधिकतम् प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका नवीन प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कटिबद्ध रहेको जनाएको छ ।