शेयर बजारमा ८०.९७ अंकको उछाल, २० अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज शेयर बजारमा उछाल आउँदा २० अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८०.९७ अंकले बढेको छ । २.७९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९७०.७० अंकमा उक्लिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक, जीवन बीमा र लघुवित्त समूह क्रमशः ४.६३, ४.३६ र ४.०७ प्रतिशतले बढेका छन् ।
आज ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २ सय २८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २ सय ९३.७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९.७६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी लुम्बिनी विकास बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ३.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार ७ सय ४५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ०.३२ अंकले बढ्दा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १ सय ३३.०२ रुपियाँ र हिजो सोमबार २१.७६ अंकले बजार बढ्दा १६ अर्ब ३२ करोड ७१ लख १५ हजार २ सय ३८.९९ रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।

LEAVE A REPLY