प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेटका लागि अध्यक्ष चेनसहितको टोली प्रधानमन्त्री निवास, बालुवाटारमा पुगेको थियो ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा कुुराकानी भएको जनाईएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।

LEAVE A REPLY