काठमाडौँ । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ ।
बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन २० गतेसम्म खुला रहनेछ ।जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।