नेशनल लाइफ धनगढी शाखाद्वारा ३० लाख रूपैयाँ दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले बीमित डम्बर बहादूर क्षेत्रीको परिवारलाई ३० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले बीमित क्षेत्रीको श्रीमती सुष्मा क्षेत्रीलाई २७ लाख ६१ हजार ५७७ रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको छ । कुल दाबी रकम २९ लाख ९३ हजार ३३३ बाट कम्पनी बाट बीमतले लिएको ऋण रकम २ लाख ३१ हजार ७५६ घटाएर कम्पनी ले २७ लाख ६१ हजार ५७७ रकमको चेक हस्तान्तरण गरेको हो।
कम्पनीबाट २०७८ माघ २९ गते २५ लाख बीमांक रकमको बीमा गरेका पुर्नवास नगरपालिका–६ कन्चनपुर निवासी स्वर्गिय डम्बर बहादुर क्षेत्रीको गत चैत २५ गते असामयिक निधन भएको थियो ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख नबिन किशोर भट्टसहित धनगढी शाखाका कर्मचारी, अभिकर्ता तथा २ दर्जन भन्दा बढी स्थानीयको उपस्थितिमा कम्पनीले एक कार्यक्रम गरी दाबी भुक्तानी गरेको हो।
प्रदेश प्रमुख भट्टले जीवन बीमा आफ्नो भविष्यको‌ लागि बचत गर्ने प्रक्रिया संगै आफ्नो अनुपस्थितिमा परिवारमा आर्थिक संकट हुन नदिने सर्वोत्तम बचत रहेको जनाए।
बीमा अझै पनि जनताको प्राथमिकतामा नरहेको सन्दर्भमा कम्पनीद्वारा सहज ढङ्गले यसरी घरमै आएर दाबी रकम उपलब्ध गराउँदा आफ्नो अझै विश्वास बढेको कार्यक्रममा सहभागी स्थानीयहरुले जनाएका छन।
कमाउने घरमुलिको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दाबी रकमले ठुलो राहत पुगेको भन्दै बीमित क्षेत्रीको श्रीमतीले जीवन बीमा अनिवार्य गराउनु पर्ने जनाएकी छिन् ।

LEAVE A REPLY