काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६३.७३ अंक तल झरेको हो । २.१८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८५८.९० अंकमा झरेको छ ।
उच्च अंकले बजार घटेसँगै आज सबै समूह राताम्मे भएको छ ।
आज ३१९ कमपनीका ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९ सय २०.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार तल झरे पनि ट्रेड टावर र शिवश्री हाइड्रोका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाए भने सान्भी इनर्नी र समता घरेलु लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९६ प्रतिशतले घाटा व्यहोरे ।
आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भयो । उक्त कम्पनीको ७५ करोड ३९ लाख ६४ हजार ८ सय ६५.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।