चन्द्रागिरी भालेश्वर मन्दिरमा भोलि महाआरती, केबलकारको टिकट ४०० रुपैयाँ मात्र

काठमाडौं । भोलि साउन २६ गते पर्ने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुने भएको छ । साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो ।
कार्यक्रमअन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजनकीर्तन सञ्चालन हुनेछ । साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।
चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ । यस अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४०० रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

LEAVE A REPLY