काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमाससम्म ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १४.११ प्रतिशत छ । बैंकको खराब कर्जा ४.८७ प्रतिशत छ । यो अघिल्लो आवको सोही अवधिमा ४.१७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १६.२८ रुपैयाँ रहको छ भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।