नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गाडी खरिद गर्न ६.२९ प्रतिशतमा कर्जा दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९ प्रतिशत कायम गरिएको छ ।
२०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
आगामी दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकवर्गहरूलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।
सीमित समयका लागि मात्र लागु रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका देशभरका शाखाहरूबाट लिन सकिनेछ ।
बैंकले २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

LEAVE A REPLY