रिलायवल नेपाल लाइफ नवौं वर्षमा प्रवेशः गतवर्ष ५७ करोड नाफा, १ अर्ब ४३ करोड दाबी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालय ज्ञानेश्वरसम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ मनाइएको छ ।
महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई कार्यक्रम समेत गरिएको थियो ।
कम्पनीले बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पु¥याउन अहं भूमिका खेल्नहुने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गरेको छ ।
हालसम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको र भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि विज्ञप्तिमार्फत गरिएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गरी हाल रु. ५ अर्ब १९ करोड भएको छ । कम्पनीले कूल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।

LEAVE A REPLY